आरआर क्याम्पसका ४ विद्यार्थी नेतामाथि खुकुरी प्रहार, ४ जना पक्राउ
काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा चार जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी सङ्गठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित चार जना विद्यार्थी नेताहरु घाइते भएका हुन् ।
क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको विद्यार्थी नेताहरुले बताए ।
घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment