कस्तो छ आजको मौसम ?
काठमाडौं। हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ।
दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment