ठमेलका अव्यवस्थित तार हटाइयो

डिसी नेपाल
१४ पुष २०७९ ८:०४

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थितरुपमा रहेको तार हटाइएको छ। ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थितरुपमा टाँगिएका विद्युत्, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अभियानकैरूपमा सञ्चालन गरिएको जानकारी दिए।

उहाँले विद्युतीय खम्बा प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल खम्बामा जथाभावी झुन्ड्याइएका उपकरणका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको भन्दै हटाइएको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायतको टोलीले आज ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमनसमेत गरेको छ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत्को नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका खम्बा हटाएर राम्रा खम्बा राखी ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए। उनले काठमाडौँ उपत्यका पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *