महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

डिसी नेपाल
१४ पुष २०७९ १२:२३

काठमाडौं। महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन्।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।

अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बहस गरेका थिए । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *