प्रतिनिधिसभा सदस्यमा आफू पराजित भएको रिस डिनाले बानियाँलाई हराएर फेरेको आरोप

डिसी नेपाल
१४ पुष २०७९ १३:०८

काठमाडौं। कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा विजयी भए। कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पाँच मतले पराजित भए । लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ पाँच वर्षसम्म दलको नेता निर्वाचित भएका थिए।

लामा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। दुवै नेता संस्थापन पक्षका हुन्। तर, अहिले बानियाँ पराजित भएको विषयले मकवानपुरमा ठूलै तरंग ल्याएको छ।

बानियाँलाई हराउन सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकै महालक्ष्मी उपाध्याय डिनाको ठूलो हात रहेको मकवानपुर कांग्रेसमा चर्चा छ। आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएको बदला डिनाले अहिले बानियाँलाई दलको नेतामा हराएर लिएको मकवानपुरका एक कांग्रेस नेताले बताए।

डिना मवकानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उठेकी थिइन्। उनी राप्रपाका दिपक सिंहसँग दुई हजार मतान्तरमा पराजित भइन्। आफूलाई बानियाँले चुनावमा असहयोग गरेको डिनाले आरोप लगाउँदै आएकी छन्।

त्यति मात्र होइन, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई बानियाँकै असहयोगका कारण आफूले चुनाव हारेको कुरा लगाएकी थिइन्।

जसकारण देउवा दम्पतीले बहादुरसिंह लामालाई अगाडि सारेर बानियाँलाई दलको नेता हुनबाट रोकेको कांग्रेस नेतृ मिना पोखरेलले बताएकी छन्। डिना देउवाकै कारण सधैं पार्टीमा अवसर पाउने नेतृ हुन्।

डिना र बानियाँको आपसी द्वन्द्वको फाइदा भने मकवानपुरमा राप्रपा, एमाले, माओवादीलगायतका दलले उठाएका छन्। मकवानपुरमा यसपटक कांग्रेसबाट बानियाँ मात्र प्रदेश सभा सदस्यमा विजयी भएका छन्। अरु सबै उम्मेदवार पराजित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *