‘म सुतिरहेकी थिएँ, यो मान्छेले मेरो अश्लिल तस्विर खिचिरहेको थियो’

डिसी नेपाल
१४ पुष २०७९ १६:४६

काठमाडौं । विमानमा सुतिरहेको बेला फिटनेस इन्फ्लुएन्सर महिलाको अभद्र तस्बिर खिचिएको थियो । यो कुरा थाहा पाएपछि महिलालाई रिस उठ्यो । उनले घटनाको भिडियो इन्स्टाग्राममा लाखौं फलोअर्ससँग सेयर गरेकी छिन् ।

अन्ना क्लारा रियोस एक फिटनेस इन्फ्लुएन्सर हुन्। इन्स्टाग्राममा उनका ६ लाख ४१ हजार फलोअर्स छन् । काम सकेर उनी ब्राजिलको साओ पाउलोबाट विमानमा बेलो होरिजोन्टेस्थित आफ्नो घर जाँदै थिइन् । त्यही क्रममा उनीसँग यो घटना घटेको बताइएको छ ।

अन्नाले डिसेम्बर १४ मा इन्स्टाग्राम स्टोरीमा भिडियो सेयर गरेकी थिइन्। भिडियोमा उनी भन्छिन्– ‘म रिसले काँपिरहेकी छु । जब म सुतिरहेकी थिएँ, यी मानिसले मेरो फोटो खिचिरहेका थिए।’

अन्नाले भिडियोमा विमान परिचारकले एक अज्ञात व्यक्तिले उनको फोटो क्लिक गरिरहेको बताएको दाबी गरिरहेकी छिन् । अन्नाले एक पटक आफू सामाजिक सञ्जालको इन्फ्लुएन्सर भएको सोचिन्, यसै कारणले उक्त व्यक्तिले तस्बिरहरू क्लिक गरेको हुनुपर्छ। तर, उडान परिचारकले अन्नालाई भने कि यो मान्छे जुम इन गर्न र उनी सुतिरहेको बेला उनको पोशाकमुनि हेर्न खोजिरहेको थियो।

यो सुनेर अन्ना क्रोधित भइन् र उक्त व्यक्तिको फोनबाट फोटो हटाउन आग्रह गरिन् । अन्नाले यो व्यक्तिले आफ्नो साथीलाई ह्वाट्सएपमा फोटो पठाएको पनि दाबी गरेकी छन् । अन्नाले आफ्नो गोपनीयता उल्लङ्घन भएको बताइन्। व्यक्तिको यस्तो कार्यले अन्नालाई निकै रिस उठ्यो । अन्नाले व्यक्तिले पठाएको सन्देशको स्क्रिनसट लिइन्, जुन उनले पछि पुलिसलाई पेश गरिन् ।

उडान अवतरणपछि, पुलिस अधिकारीहरूले आरोपीलाई बेलो होरिजोन्टे विमानस्थलमा पक्राउ गरे। एक भिडियोमा प्रहरी अधिकारीहरु आरोपीसँग कुरा गरिरहेको देखिन्छ । आरोपित व्यक्तिलाई प्रहरी चौकी लगिए पनि पक्राउ नगरेको अन्नाले बताइन् । अन्नाका प्रेमी एन्नाल्डिन्हो पनि ब्राजिलका प्रसिद्ध युट्युबर हुन्। उनले यस विषयमा प्रहरीलाई बयान समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *