बर्दियामा लागूऔषधसहित एक पक्राउ

डिसी नेपाल
१४ पुष २०७९ २२:१९
60
Shares

बर्दिया । सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका—२ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर—२ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।

थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *