भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले पाए अपाङ्गता परिचयपत्र

डिसी नेपाल
१५ पुष २०७९ ९:१९
40
Shares

अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन्। अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो।

परिचयपत्र प्राप्त गरेका ३२ पुरुष र २१ महिला गरी ५३ मध्ये चार जनाले ‘क’ वर्गको परिचयपत्र पाएका छन्। ३८ जनाले ‘ख’ वर्गको, पाँच जनाले ‘ग वर्गको र ६ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन्।

उपमेयर बालकृष्ण बन्जाडेले अशक्त अपांग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई ‘क’ वर्गको रातो कार्ड (परिचयपत्र) वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन्।

वडाले गरेको सिफारिस तथा अन्य अपांगता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा परिचयपत्र वितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *