लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
१५ पुष २०७९ १०:३६
52
Shares

लमजुङ।लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बेंसीशहरबाट मस्र्याङदी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतरि मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो। घटनास्थलमै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

उक्त जिप उकालोमा ब्रेक फेल हुदाँ बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए। घाइते ८ जनाको उपचार भइरहेकोमा ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ।

मर्स्याङ्दी गाउँपालिका ८ रिङटाङका अन्दाजी २० बर्षीया उर्मिला गुरुङ, सोही ठाउँका २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ, ३२ वर्षीया सीता गुरुङलाई रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, भुस्मेका १३ वर्षीय बालक राज तामाङ, १३ वर्षीय बालक हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुङ्गा खिजिबिम्बा गाउँपालिका ७ का ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *