प्रधानमन्त्रीद्वारा भारतीय प्रधानमन्त्री मोदीकी आमाको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१५ पुष २०७९ ११:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *