प्रधानमन्त्रीलाई भेटेलगतै बालकोट पुगे गृहमन्त्री लामिछाने

डिसी नेपाल
१६ पुष २०७९ १२:०९

काठमाडौं । गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शनिबार बिहान बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले एमाले अध्यक्ष ओलीसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे समेत छलफल गरेका छन् । उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *