कार्तिकबाट प्रभावित मनिषा

डिसी नेपाल
१९ पुष २०७९ ११:३६
4.4k
Shares

मुम्बई। सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन्। सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन्।

सन् २०१७ मा ‘डियर माया’बाट पुनरागमन गरेकी उनले त्यसपछि ‘लस्ट स्टोरिज’, ‘सन्जू’ र ‘प्रस्थानम’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।अहिले मनिषा निर्देशक सञ्जय लीला भन्सालीको बेव सिरिज ‘हिरामण्डी’को हिस्सा छिन्।

यसबाहेक उनी अभिनेता कार्तिक आर्यनको अभिनय रहेको फिल्म ‘शहजादा’मा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छन्। मनिषा कार्तिकको अभिनयबाट प्रभावित रहिछन्।

‘मलाई लाग्छ कि कार्तिक प्रतिभावान छन्। उनी कडा मेहनत गर्ने विनम्र स्वभावका व्यक्ति हुन्। उनी चरित्रलाई बुझ्छन् र केही नयाँ कुरा लिएर आउँछन्। उनले अहिलेसम्म जुन किसिमका फिल्म छनोट गरेका छन्, ती फिल्म मलाई मनपरेको छ। उद्योगमा उनको भविष्य उज्जवल छ’, उनले भनेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *