रियल मड्रिड पराजित

डिसी नेपाल
२४ पुष २०७९ ९:०२
172
Shares

काठमाडौँ। स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ। जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो।

यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ। भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ।

खेलको ४७औं मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो। ६०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो।

त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए। आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *