रोकियो लिभरपुल

डिसी नेपाल
२४ पुष २०७९ ९:१६
96
Shares

काठमाडौँ। लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन्।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो। २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे। ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो।

५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो। यस बराबरीसँगै यी दुई टोली बीच पुनः भिडन्त हुनेछ।

एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो। सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो। वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्याे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *