पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले गर्‍यो रक्तदान कार्यक्रम

डिसी नेपाल
२७ पुष २०७९ १७:५४

दाङ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले रक्तदान कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ।

यूवाहरु भविष्यका कर्णधार मात्र होइनन, वर्तमानका साझेदार पनि हुन भन्ने नारासहित वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको यूवा संगठन दाङका अध्यक्ष यादव श्रेष्ठले वताए। रक्तदान जीवनदान भएको वताउदै श्रेष्ठले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाऊन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको वताए।

रक्तदान कार्यक्रममा सहभागी उमाकान्त भण्डारी, त्रिभुवन थपा,भुवन आचार्य,अमित चौधरी, ईश्वर वस्नेत,भरत आचार्य,विजय दाहाल, सन्दिप दाहाल,मधुकर न्यौपाने,मदन वुढाथोकी,काजल घर्ती मगर,लक्ष्मि राना,शिसिर चौधरी, सरोज थापा, अर्जुन डागी,पवन खड्का, नरेन्द्र थापा, लक्ष्मण सुवेदी,एकराज भण्डारी, धिरेन्द्र शाह,आसा चौधरी,मोहन विक्रम वस्नेत,विभु वुढाथोकी, देविराम पाण्डे, शुसिल पौडेल,विनय विसी, निरन्जन गिरी गरी जम्मा २७ जनाले रक्तदान गरेको श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वीनारायण शाहको कारण सिंगो नेपाल एकिकरण भएको वताए। राप्रपा केन्द्रीय सदस्य सरीता देवकोटाले सहमति, सहकार्य र एकतामा जोड दिएका कारण पृथ्वीनारायण शाहले बाईसे, चौबिसे राज्यहरू लाई एकिकरण गर्न सफल भएको वताईन ।

राप्रपा दाङका अध्यक्ष क्षेत्र वहादुर वस्नेतले राष्ट निर्माता पृथ्वीनारायण शाहले अनुसरण गरेको सिद्धान्त व्यवहारमा उतार्न सक्ने हो भने जस्तोसुकै अवरोधको सामना गर्न सकिने वताए। राप्रपा दाङका उपाध्यक्ष वंशी कुमार शर्माले पृथ्वीनारायण शाहको योगदान र जिवनीको चर्चा गर्दै कुसल एवं चतुर राजाका कारण एकिकरण अभियान सफल भएको वताउदै उनै राजाका कारण सार्वभौम सम्पन्न राष्ट्रको जनता हुन पाएको वताए।

राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन दाङका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारी रहेका थिए भने विशिष्ट अतिथि राप्रपा केन्द्रीय सदस्य सरीता देवकोटा रहेकी थिइन्। राप्रपा दाङका संगठन विभाग प्रमुख बसन्त श्रेष्ठको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्रपा दाङका यूवानेता मोहन विक्रम वस्नेतले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *