लियोनेल मेस्सीले विश्वकप फुटबलपछि पहिलो पटक खेले, गोल पनि गरे

डिसी नेपाल
२८ पुष २०७९ १५:२२

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्वकप पछि पहिलो पटक खेले र पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबबाट खेल्दै फ्रान्समा भएको लिग १ खेलमा एन्जर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

पेरिस सेन्ट जर्मेन २–० ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

गत डिसेम्बरमा भएको फिफा विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो । यसपछि मेस्सीले खेलबाट विश्राम लिए र केही समय आराम गरे । उनले पीएसजीको पहिलो तीन खेल खेलेका थिएनन् ।

उनी एक साताअघि प्रशिक्षणका लागि पेरिस फर्केका थिए र त्यसपछि बुधबारको खेलमा सहभागी भएका थिए । यस क्रममा उनले ब्राजिलका दिवंगत महान फुटबल खेलाडी पेलेको तस्बिर भएको टी–सर्ट लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *