गण्डकीमा शनिबार सभामुखको निर्वाचन हुने

डिसी नेपाल
२८ पुष २०७९ १९:२६

पोखरा । गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो ।

त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भैसक्नुपर्छ । विहिबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो ।

सत्तारुढ दलको शीर्ष निर्णय अनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउने छ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेद्वार उठाउने वा नउठाउने निर्णय गरिसकेको छैन । दलको बैठक शुक्रबार बसेर यसबारे निर्णय लिने संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *