अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्न अस्वीकार गरेपछि राशिद खानले भने- राजनीतिलाई टाढा राख्नुहोस्

डिसी नेपाल
३० पुष २०७९ १०:१७

काठमाडौं । अष्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट शृंखला नखेल्ने निर्णयमा अफगानिस्तानका स्टार खेलाडी राशिद खानले आफुलाई पश्चाताप भएको बताएका छन् । उनले अष्ट्रेलियाको घरेलु लिग बिग ब्यासमा भाग लिने बारे पुनर्विचार गर्ने पनि बताए ।

उनले ट्वीटरमा लेखेका छन्, “क्रिकेट! देशको एउटै आशा हो, यसलाई राजनीतिबाट टाढा राख्नुहोस्।” सोही पोस्टको साथमा एक विज्ञप्तिमा उनले लेखेका छन्, “अष्ट्रेलियाले हामीसँग सिरिज खेल्न अस्वीकार गरेको सुन्दा धेरै दु:ख लाग्यो। म आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु। हामीले विश्व रंगमञ्चमा लामो यात्रा तय गरेका छौं।”

“क्रिकेट अष्ट्रेलियाको यो निर्णय यस बाटोमा बाधा हो। यदि अस्ट्रेलियालाई हामीसँग खेल्न यति धेरै कठिनाइ छ भने, म बिग ब्यास लिगमा भाग लिएर उनीहरूका लागि थप समस्या सिर्जना गर्न चाहन्न।” उनले भविष्यमा बिग ब्यास लिगमा भाग लिने बारे “गम्भीर विचार” गर्ने बताए।

यसअघि, अष्ट्रेलियाले बिहीबार अफगानिस्तान विरुद्धको शृङ्खला नखेल्ने बताएको थियो किनभने तालिबानद्वारा महिलामाथि बढ्दो प्रतिबन्धका बीच उनीहरू शृङ्खलामा अगाडि बढ्न सक्दैनन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अष्ट्रेलिया र अफगानिस्तानले युएईमा आईसीसी सुपर लिग अन्तर्गत मार्चमा तीन एकदिवसीय सिरिज खेल्ने तय थियो। तर क्रिकेट अस्ट्रेलियाले यो सिरिजमा सहभागी नहुने निर्णय गरेको छ ।

उसले भनेको छ, “महिलाहरूलाई शिक्षा, रोजगारी, पार्क र जिममा प्रतिबन्ध लगाउने तालिवानको निर्णयपछि हामीले यो निर्णय गरेका हौँ।”

“अष्ट्रेलिया क्रिकेट बोर्ड अफगानिस्तान लगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ र आफ्नो देशमा महिला र केटीहरूको अवस्था सुधार्ने आशामा अफगानिस्तान क्रिकेट बोर्डसँग संलग्न रहनेछ।”

अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ताको लगाम हातमा लिँदा, तालिबानले महिला अधिकारको बारेमा कडा नहुने बताएको थियो, यद्यपि त्यसयता उनीहरूले धेरै प्रतिबन्धहरू लगाएका छन्।

अफगानिस्तान र अष्ट्रेलियाले आगामी तीन वर्षमा दुईवटा सिरिज खेल्नुपर्नेछ । अगस्ट २०२४ मा तीन खेलको टि-२० शृंखला र अगस्ट २०२६ मा एक टेस्ट र तीन टि-२० खेलहरू प्रस्ताव गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *