आइपीएलका संस्थापक अध्यक्ष ललित मोदी अक्सिजन सपोर्टमा, कोभिड र निमोनियाबाट संक्रमित

डिसी नेपाल
३० पुष २०७९ १५:४७

काठमाडौं । क्रिकेट लिग आईपीएलका पूर्व अध्यक्ष ललित मोदी निमोनिया र कोभिड–१९ संक्रमणका कारण लण्डनको अस्पतालमा भर्ना भएका छन् ।

ललित मोदी आफैंले सामाजिक सञ्जालमा एक पोस्ट लेखेर यसको जानकारी दिएका छन् ।

लण्डनको लुटन एयरपोर्टमा उनको आगमनको तस्विर इन्स्टाग्राममा सेयर गरिएको छ । यसमा निमोनिया र कोभिड संक्रमणका कारण अस्पताल भर्ना भई अक्सिजन सपोर्टमा राखिएको बताइएको छ । उनलाई मेक्सिकोबाट लण्डन ल्याइएको हो ।

ललित मोदीले लेखेका छन्, ‘डबल कोभिड, इन्फ्लुएन्जा र गहिरो निमोनियाका कारण तीन साता ओछ्यानमा बसेपछि र धेरै पटक मेक्सिकोबाट बाहिर निस्कने प्रयास गरेपछि अन्तत: एयर एम्बुलेन्स र दुई डाक्टरसहित यहाँ आइपुगें । मोदीले अस्पतालको तस्विर पनि सेयर गरेका छन् ।

ललित मोदी आइपीएल को संस्थापक र अध्यक्ष थिए। उनको कार्यकालमा आईपीएलका तीन संस्करणको खेल आयोजना गरिएको थियो । उनी सन् २००५ देखि २०१० सम्म बीसीसीआईको उपाध्यक्ष पनि थिए।

सन् २०१० मा ललितलाई धाँधलीको आरोपमा आईपीएल आयुक्त पदबाट बर्खास्त गरिएको थियो । उनलाई बीसीसीआईबाट पनि हटाइयो । सन् २०१० मा मनी लान्ड्रिङ मुद्दामा ललित मोदी भारतबाट भागेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *