मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

डिसी नेपाल
२ माघ २०७९ ९:०८
316
Shares

काठमाडौँ। रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे। रियलका करिम बेन्जिमाले एक गोल फर्काए।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे। ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो। खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए।

प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *