ऋषभ पन्त आफैले आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिए

डिसी नेपाल
३ माघ २०७९ १३:०६

काठमाडौं । क्रिकेटर ऋषभ पन्तले आफ्नो शल्यक्रिया सफल भएको बताएका छन् । पन्त गत महिना कार दुर्घटनामा घाइते भएका थिए । देहरादुनमा प्रारम्भिक उपचारपछि उनको अहिले मुम्बईमा उपचार भइरहेको छ ।

दुर्घटनापछिको आफ्नो पहिलो ट्वीटर अपडेटमा उनले लेखेका छन्, “तपाईंको सबै सहयोग र प्रार्थनाको लागि म कृतज्ञ छु। मेरो शल्यक्रिया सफल भएको जानकारी दिन पाउँदा खुसी छु। निको हुने बाटो सुरु भएको छ। म चुनौतीहरूको सामना गर्न तयार छु। बीसीसीआई, जय शाह र सरकारी अधिकारीहरूलाई धेरै धेरै धन्यवाद। ”

“म मेरा सबै फ्यानहरू, टोलीका सदस्यहरू, डाक्टरहरू, फिजियोहरूलाई उनीहरूको प्रोत्साहन र प्रार्थनाको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म आफूलाई मैदानमा हेर्न उत्सुक छु।”

डिसेम्बर ३० मा ऋषभ पन्तको कार दिल्ली-देहरादुन राजमार्गमा डिभाइडरसँग ठोक्किएपछि आगो लागेको थियो। पन्तको पहिले देहरादुनमा उपचार गरिएको थियो, त्यसपछि केही दिनपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *