राफेल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए, म्याकेन्जी म्याकडोनाल्डसँग पराजित

डिसी नेपाल
४ माघ २०७९ १५:३१

काठमाडौं । राफेल नाडाल बुधबार अस्ट्रेलियन ओपन २०२३ को दोस्रो चरणको खेलबाट बाहिरिएका छन् ।

आफ्नो २३ औं ग्रान्ड स्लाम एकल उपाधि जित्ने दौडमा रहेका नाडाल अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग तीन सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् ।

स्पेनिस टेनिस खेलाडीले चोटका कारण खेलको क्रममा मेडिकल टिम आउट लिएका थिए, त्यसपछि मैदानमा फर्कँदा पनि उनी दुखाइले खेलिरहेको देखिए। उनको कम्मर नजिकै चोट लागेको छ ।

पहिलो राउण्डमा ज्याक ड्रेपरसँगको खेल जित्न उनले निकै संघर्ष गर्नुपरेको थियो । यो राउण्डमा उनले खेल ७-५,२-६, ६-४, ६-१ ले जित्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *