मेसी र रोनाल्डो दुबैको गोल

डिसी नेपाल
६ माघ २०७९ ७:००
224
Shares

काठमडौं। विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५-४ ले हराएको छ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए। रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे।

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो। फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ। टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *