प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

डिसी नेपाल
९ माघ २०७९ ९:३५
32
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो।

सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन्। नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *