फागुनको पहिलो साता दोस्रो भक्तपुर कप खुला फुटबल

डिसी नेपाल
१० माघ २०७९ १६:२८

भक्तपुर । फागुनको पहिलो साता भक्तपुरमा दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो । पहिलो संस्करणको सफलतासँगै भक्तपुर युवा टिमले प्रतियोगिताको दोस्रो संस्करण  आयोजना गर्ने जानकारी गराएको छ ।

प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले  १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप दोस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।

सम्मेलनमा भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवां, सचिव रामेश्वर मचामसीलगायतले प्रतियोगिताका विविध पक्षमा चर्चा गरे ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *