दुई खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेका थिए महबुबले

डिसी नेपाल
१० माघ २०७९ १७:२९

काठमाडौं । हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका महबुब आलमले दुई खेलाडीमार्फत फिक्सिङको प्रयास गरेको पाइएको छ ।

नेपाल प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलम अर्का एक जना खेलाडीलाई एप्रोच गरेको पाइएको हो । जनकपुर रोयल्सबाट खेलेका आदिललाई महबुबले एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेका थिए । अर्का एक खेलाडीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

आदिलले दुई खेल महबुबको एप्रोचअनुसार खेलेको पाइएको पनि प्रहरीले जनाएको छ । फिक्सिङको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *