सुटिङ खेलाडी सुस्मिताले आईएसएसएफ विश्वकप खेल्ने
काठमाडौँ। नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल विश्वकप राइफल एण्ड पेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने उक्त प्रतियोगितामा ओलम्पिक छात्रवृत्ति होल्डर सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। यस प्रतिस्पर्धामा सुस्मिताबाट पदकको अपेक्षा गरिएको छ। सुस्मिताको प्रशिक्षकमा प्रदिप खाती छन्।
दुई सदस्यीय टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलाडी सुस्मितालाई शुभकामना दिर्द विश्व च्याम्पियनसिप खेलाडीको अनुभव अभिवृद्धि गर्ने एउटा ठूलो मञ्च रहेको र यसले आगामी पेरिस ओलम्पिक खेल्न आत्मविश्वास बढाउन मद्दत गर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment