साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

डिसी नेपाल
१७ माघ २०७९ १९:११

काठमाडौं । बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग माघ २० गते, दोस्रो खेल माघ २२ गते भुटानसँग र तेस्रो खेल माघ २४ गते भारतसँग खेल्नेछ ।

सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने उक्त च्याम्पियनसिपका शीर्ष दुई टोली फाइनल खेल्नेछन् फाइनल खेल माघ २६ गते हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामबहादुर गुरुङ तथा नेपाली टोलीको कप्तान प्रिति राई हुनुहुन्छ ।

नेपाली टोलीको गोलकिपरमा कविता विक, सावित्री किसन र लिला जोशी, डिफेण्डरमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ, मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जली चन्द छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *