म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा
याङ्गुन । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ ।
देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रह लाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।
म्यान्मामा दुई बर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment