सम्भावित ठूलो आतंककारी हमलालाई प्रहरीले असफल पार्‍याे

डिसी नेपाल
१९ माघ २०७९ ६:३५
208
Shares

इस्लामावाद। पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतंककारीको प्रयासलाई यहाँको प्रहरीले असफल बनाइदिएको बताएका छन्।

पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मंगलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतंककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए।

मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल पारेकाे पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ। पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्‍याउने गरी आएका आतंककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए।

सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो। त्यसैले यस पटक आतंककारीहरु ठूलो संख्यामा आएका बताइएको छ।

रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतंककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतंककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *