अर्को बलात्कार मुद्दामा आसारामलाई फेरि जन्मकैदको सजाय सुनाइयो

डिसी नेपाल
१९ माघ २०७९ १०:४३
220
Shares

काठमाडौं । गान्धीनगरको एक अदालतले मंगलबार आसारामलाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ ।

२०१३ को यस मामिलामा गान्धीनगर अदालतले सोमबार आसारामलाई आफ्नी पूर्व महिला चेलीलाई बलात्कार गरेकोमा दोषी ठहर गरेको थियो।

गान्धीनगरको सत्र अदालतका न्यायाधीश डीके सोनीले सजायमाथिको बहसपछि मंगलबार यो फैसला सुनाए।

यस मामिलामा उनीमाथि सन् २००१ देखि २००६ सम्म मोटेरा आश्रममा बसेकी सुरतकी एक महिला शिष्यलाई धेरै पटक बलात्कार गरेको आरोप छ । उनीविरुद्ध महिलाले सन् २०१३ मा मुद्दा दायर गरेकी थिइन् ।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन् जहाँ उनी अर्को बलात्कारको मुद्दामा आजीवन काराबास काटिरहेका छन् । यो घटना पनि २०१३ सालको नै हो ।

त्यसमा पनि उनी राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *