आकर्षक गाउनमा सजिएकी ह्यारीकी प्यारी {तस्बिर}

डिसी नेपाल
१९ माघ २०७९ १२:२७

काठमाडौं । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको आशालाग्दी कलाकार हुन् । उनीद्धारा अभिनित चलचित्र ह्यारीकी प्यारी यही माघ २० गतेबाट देशभरका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन हुँदैछ।

हास्यकलाकार जीतु नेपाल र अभिनेत्री शाहका साथै बिजय बरालको पनि यस चलचित्रमा अभिनय रहेको छ । ह्यारीकी प्यारीको हालसालै प्रिमियर शो पनि भएको थियो। शो हेरेकाहरुले अभिनेत्री शाहको अभिनयको निकै तरिफ गरेका थिए । सम्राज्ञीले प्रिमियर शोमा पुग्दा निकै आर्कषक पहिरनमा सजिएर पुगेकी थिइन् । लामो पिच सिलभर कलरको गाउनमा सजिएर उनको कपालको स्टाइल अनि घाँटीमा लगाएको हारले उनको सौन्दर्यतालाई झनै सुनमा सुगन्ध थपेको थियो । उनले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । जसमा उनका फ्यालहरुले उनको तरिफको बर्षा गरेका छन् ।
तस्बिरमा हेर्नुहोस्:

भिडियोमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *