बन्द प्रशिक्षणबाट १० जना बाहिरिए, सन्दीप र प्रतिश समावेश

डिसी नेपाल
१९ माघ २०७९ १९:२७

काठमाडौं । नाबालिक बलात्कारको अभियोग लागेका पूर्व कप्तान सन्दीप लामिछानेलाई सामेल गर्दै राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण टिम घोषणा भएको छ ।

बिहिबार यसअघिको २८ जनाको प्रारम्भिक टोलीबाट १० जनालाई बाहिर राख्दै बन्द प्रशिक्षणको लागि २० सदस्यीय टिम घोषणा भएको छ । टिममा सन्दिप र प्रतिश जिसी समावेश भएका छन् ।

बलात्कारको आरोप लागेका सन्दीपमाथिको निलम्बन फुकुवा गरेसँगै क्यानले उनलाई बन्द प्रशिक्षणमा समावेश गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *