फ्रान्सेली फुटबल खेलाडी राफायलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

डिसी नेपाल
२० माघ २०७९ ८:०१
104
Shares

काठमाडाैं। विश्वकै उत्कृष्ट डिफेन्डर मानिने फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। २९ वर्षको उमेरमा सन्यासको घोषणा गर्दै सबैलाई आश्चर्यचकित बनाएका रफायल भारानले फ्रान्सका लागि ९३ वटा खेल खेलेका छन्।

सन् २०१८ को विश्वकपमा फ्रान्सलाई जीत दिलाएका रफायलले २०२२ को विश्वकपमा फ्रान्सलाई फाइनलको यात्रासम्म पुर्‍याएका थिए। हाल इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडमा आवद्ध रफायल भारानले फ्रान्सका लागि जर्जिया विरुद्ध सन् २०१३ मा डेब्यु गरेका थिए।

फ्रान्सका राष्ट्रिय टोलीका डिफेन्डर रफायल भारान २०१८ को विश्वकपमा फ्रान्स विश्व विजेता बन्द उनी उपकप्तान थिए। २४ वर्षीय केलियन एम्बाप्पेलाई प्रशिक्षक डिडिए डेस्याले नयाँ कप्तानको रुपमा अघि सार्न खोजेपछि भारानले सन्यास लिएको हुनसक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *