सरकारमा जानु गलत थियोः रास्वपा नेता कार्की

डिसी नेपाल
२२ माघ २०७९ १८:०१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सरकारमा जानु गलत भएको बताएका छन्।

रास्वपाको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले पार्टी सरकारमा जानु गलत भएको र अब कोर्स करेक्सन गर्ने बेला आएको बताए। पार्टीले सरकारलाई कायम राखेको समर्थन पनि फिर्ता लिनुपर्ने उनको भनाइ छ।

रास्वपाले आजै सरकारबाट बाहिरिने घोषणा गरिसकेको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृहमन्त्री त्यागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको प्रस्ताव गरेकोमा लामिछानलेले उक्त प्रस्ताव अस्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *