नेकपा एसले बाम एकताका लागि पहल गर्ने, एमालेसँग एकताको सम्भावना नरहेको दाबी

डिसी नेपाल
२२ माघ २०७९ १९:२६

काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनजिविका, राष्ट्रियताको मुद्दालाई स्थापीत गर्ने निर्णय गरेको हो। बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकार पार्टीको प्राथमिकताको बिषय नभएको र संसदमा प्रतिपक्षी भएर बस्ने, शसक्त ढंगले जनताको आवाज उठाउने निर्णय भएको बताए।

राष्ट्रपतिको बिषयमा बिपक्षी दलहरु उभिएको ठाउँमा नै आफुहरु उभिने उनले बताए। बैठकले बृहत बामपन्थी एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरेको छ तर अहिले एमालेसंग भने एकताको कुनै सम्भावना नरहेको खतिवडाले बताए।

बैठकले २०८० साल फाल्गुनभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी सुरु गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। संगठनलाई सुदृढिकरण गर्नका लागि बिभिन्न कमिटीहरुले आफ्नो अधिवेशन गठन÷पुर्नगठन गर्न कार्ययोजना दिइएको उनले बताए।

प्रवक्ता खतिवडाले अवको चार बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको पार्टी देशव्यापी रुपमा सवै वडाहरुमा कलम चिन्हका उम्मेदवार जाने संकल्प रहेको जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *