एमालेको केन्द्रीय समिति बैठकको पहिलो एजेन्डा: निर्वाचन समीक्षा

डिसी नेपाल
२३ माघ २०७९ ८:५६
20
Shares

काठमाडौं। प्रतिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमाले को केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघवाट सुरु हुने भएको छ।

गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सा‌ंगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

बैठकको एजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ। बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *