प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

डिसी नेपाल
२३ माघ २०७९ १०:२६
1.5k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

‘नियमति बैठक हो, मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने छ,’ स्रोतले भन्यो। त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *