ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
२७ माघ २०७९ ११:२१

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ३ सयले घटेर प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *