भारतसामु घुँडा टेक्न प्रधानमन्त्री दाहालको गोप्य मन्त्रणा

डिसी नेपाल
४ फागुन २०७९ १०:१४

काठमाडौं। प्रधानमन्त्री भए लगत्तैको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीसँगको भेटघाटबारे एउटा मापदण्ड बनाएको निर्णय गरे र सबै निकायलाई सचेत गराउँदै भने, अब आइन्दा विदेशी भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारीसमेत राखेर मात्रै भेट्ने, परराष्ट्रको अनुमति लिएरमात्र भेट्ने।’

तर, उनको सो निर्णय केही हप्ताभन्दा बढी टिकेन। उनी स्वयंले सबैभन्दा पहिले यसको उल्लंघन गरे। भारतीय विदेश सचिवसामु घुँडा टेक्दा आफैंले बनाएको नियमको कुनै अर्थ पनि थिएन।

उनले फागुन २ गते साँझ भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई साँझपख प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गोप्य निमन्त्रणा गरे। औपचारिक वार्तालाप गरिसकेका क्वात्रालाई त्यसरी बालुवाटार बोलाउनु पर्ने दरकार प्रचण्डलाई किन पर्‍याे?

उनले झण्डै दुई घण्टा बालुवाटारमा एक्लै कुराकानी गर्नु पर्ने आवश्यकता किन र कसरी आइलाग्यो दाहाललाई? उनले मुलुकका पक्षमा भेट गरेको भए औपचारिक भेटमै मुलुकको अडान स्पष्ट राख्न सक्थे। तर, दाहालले क्वात्रासँग अनौपचारिक भेट चाहनु र भेट हुनुको सिधा अर्थ छ कि त्यो गुप्त भेट मुलुकको पक्षमा छैन।

लोकतन्त्रमा राज्यका कार्यकारी प्रमुखले गरेका भेटघाटहरु पारदर्शी हुनुपर्छ, जनउत्तरदायी र मुलुकपक्षीय हुनुपर्छ। दाहालले भारतीय विदेश सचिव क्वात्रासँग साँझ गरेको अनौपचारिक भेटबारे उनले केही बोलेका छैनन् न त उनको सचिवालय र सरकारले नै बोलेको छ।

प्रधानमन्त्री दाहाल अखिर के कुरा नेपाली जनता र मिडियालाई छलेर भारतीय प्रतिनिधिसँग गुप्तरुपमा गर्न चाहन्थे? त्यो गोप्यताको अर्थ मुलुकलाई भारतसामु लम्पसार पराउनु र एस म्यानको शासन चालाउनु होइन यदि भने भएको कुरा के हो? र त्यसलाई नेपाली जनताले पत्याइदिनु पर्ने आधार के हो? स्पष्ट खुलाउनु जरुरी छ।

हैन भने मुलुकप्रति गद्दारी गर्न चाहेकैले औपचारिकरुपमा भ्रमणमा आएको भारतीय प्रतिनिधिलाई अनौपचारिकरुपमा दाहालले भेटेको प्रमाणित हुन्छ। यिनै दाहाल हुन् कुनै जमानामा आफ्नो हातबाट सत्ता गुम्दा अरुलाई भारतीय दलाल भन्ने आरोप लगाउँदै अव नोकरसँग नभई मालिकसँग बार्ता गरिन्छ भन्दै हुँकार गर्ने।

प्रधानमन्त्री दाहाल अखिर के कुरा नेपाली जनता र मिडियालाई छलेर भारतीय प्रतिनिधिसँग गुप्तरुपमा गर्न चाहन्थे? त्यो गोप्यताको अर्थ मुलुकलाई भारतसामु लम्पसार पराउनु र एस म्यानको शासन चालाउनु होइन यदि भने भएको कुरा के हो? र त्यसलाई नेपाली जनताले पत्याइदिनु पर्ने आधार के हो? स्पष्ट खुलाउनु जरुरी छ।

त्यसयता पटक पटक त्यही मालिक (भारत) सँग लत्रेका उनी यसपटक साष्टाङ्ग गर्न पुग्ने अवस्थामा देखा परे। यसले उनको शासन कतै मुलुकविरोधीहरु र भारतीय दलालहरुको जगजगी हुने र मुलुकको राष्ट्रिय सुरक्षमाथि गम्भीर समस्या आई व्यबस्था नै समाप्त हुने त होइन? भन्ने आशंकालाई बल दिएको छ।

प्रधानमन्त्रीको शपथ खाँदा भारतीय इच्छा प्रतिकूल भएको बुझेका दाहालले जसरी पनि भारतलाई रिझाउने नाममा मुलुकको इज्जतलाई तिलाञ्जली दिने, कुटनैतिक मर्यादालाई ख्याल नगर्ने र भारतीय एजेण्डा कार्यान्वयनको बचनबद्धता जनाउने कार्य गरेर सत्ता लम्बिन्छ भन्ने सोच्नु मुर्खता हुनसक्छ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले औपचारिक र अनौपचारिक गरी दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे। जनयुद्ध दिवसका दिन काठमाडौं उत्रिएका क्वात्राले सोही दिन दिउँसो प्रचण्डसँग औपचारिक छलफल गरेका थिए।

परराष्ट्रका अधिकारीसहितको भेटमा क्वात्राले मौखिक रुपमा प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएका थिए। त्यस बाहेक द्विपक्षीय हितका विषयमा छलफल भएको सार्वजनिक भएको थियो।

तर त्यसको भोलिपल्ट फागुन दुई गते मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्वात्राले प्रचण्डसँग छुट्टै र लामो छलफल गरेका थिए। नेपालमा राजदूत हुँदा आफ्नो मिसनमा सफल भएको भन्दै क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिवमा बढुवा गरेर दिल्ली लगेका थिए।

शान्त र अब्बल कुटनीतिज्ञ मानिने क्वात्राले प्रचण्डसँग छुट्टै भेट्नुको पछाडि यही २५ गते हुने राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्नु रहेको चर्चा हुने गरेको छ।

कांग्रेसले प्रधानमन्त्री दिन अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीको पहल र सक्रियतामा प्रचण्डलाई पुस १० मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

एमाले र माओवादीसहितका दलको गठबन्धनप्रति दक्षिणी छिमेकी खुशी नभएको त्यतिबेला नै चर्चा चलेको थियो। प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्दा सभामुख र राष्ट्रपति एमालेले दिने सहमति भएको थियो।

तर पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउनु पर्ने माओवादीभित्र बहस हुन थालेको छ र माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय गरिसकेको छ।

एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति दिन नहुने, राष्ट्रपति एमालेले पाए संवैधानिक रुपमा एमाले बलियो हुने जस्ता हल्ला चलाएर कांग्रेस उम्मेदवार वा स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठ्न थालेको छ।

त्यसलाई बल पुर्याउने गरी भारतीय विदेश सचिवले प्रचण्डलाई छुट्टै भेटेपछि त्यसको चौतर्फी आलोचना भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका नेता विदेशी सामु लम्पसार परेको टिप्पणी गरेका थिए।

औपचारिक रुपमा परराष्ट्रका पदाधिकारीसहितको भेटपछि क्वात्रासँग प्रचण्डले किन छुट्टै भेट गर्नुपर्यो? त्यसको जवाफ प्रचण्डले दिएका छैनन्। के चित्रबहादुर केसीले भनेजस्तै प्रचण्ड विदेशी सामु लम्पसार परेका हुन्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *