ग्रिनको अर्धसतकमा नेपाललाई २७५ रनको लक्ष्य

डिसी नेपाल
६ फागुन २०७९ १२:४५
28
Shares

काठमाडौं । जारी विश्वकप लिग दुई अन्तर्गतको तेस्रो खेलमा नामिबियाले नेपाललाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गरे । ग्रिनले ७५ रन बनाएर नटआउट रहँदा फ्रान्स ४९ रनमा रनआउट भए । यस्तै लरेन्सले ४१ बनाउँदा माइकल भान लिंगेनले २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४६ रन खर्चिए । यस्तै करन केसीले एक विकेट लिए भने अन्य बलर विकेटबिहिन रहे ।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो। स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *