नागार्जुनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

डिसी नेपाल
८ फागुन २०७९ १२:४२

काठमाडौँ। नागार्जुनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *