बीरगञ्जमा अनुमति नलिई सञ्चालन गरिएका तीन स्वास्थ्य संस्थामा शिलबन्दी

डिसी नेपाल
११ फागुन २०७९ ९:४०
28
Shares

बीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ।

वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, प्याथोलोजी ल्याब र श्रीगणेश डाइग्नोस्टिक सेन्टरलाई शिल गरिएको हो।

अनुमति नलिई सञ्चालन गर्नुको साथै प्याथोलोजी ल्याबमा म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पाइए पछि शिलबदी गरिएको हो।

महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था सञ्चालन गर्न पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानगरपालिका र नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा तीनवटै स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको बिरग‌जका मेयर राजेशमान सिंहले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *