भृकुटीमण्डपको जग्गा सस्तो भाडामा दिने कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

डिसी नेपाल
१६ फागुन २०७९ २०:५१
540
Shares

काठमाडौं। विशेष अदालतले पूर्वमन्त्रीद्धय टेकबहादुर गुरुङ र बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता न्यौपाने दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। दोषी ठहर गरेपनि सजाय भने २५ फागुनमा सुनाइने भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *