पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव

डिसी नेपाल
१७ फागुन २०७९ १६:२५
204
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिकी नागरिकसँग ठगी गरेको जनाएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले शाह र उनका सहयोगी मिलेर बिभिन्न कम्पनी नै खडा गरेर नेपालको कानूनबिपरित बिदेशी मुद्रा समेत भित्राएको खुलेको जनाएको छ।

अमेरिकी नागरिकसँग एन्टीभाइरस, बिल भुक्तानी लगाएतका सम्बन्धमा सम्पर्क स्थापीत गरेर ठगी गरेको खुलेको व्युरोले जनाएको छ। अवैध रुपमा ठगि गरिएको रकम थाइल्याण्ड समेत पठाउने गरेको पाइएको व्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए।

पिडित व्यक्तिहरुबाट ४५ लाख ४६ हजार अमेरिकी डलर, २२ हजार पाउण्ड र तीन लाख क्यानडियन डलर ठगी गरिएको देखिएको उहाले बताए।

त्यस्तै व्युरोले शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न सुझाव दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *