कांग्रेस उपसभापति पूर्णबहादुर खडका भन्छन्– प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

डिसी नेपाल
१७ फागुन २०७९ १७:५४

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।

गृहनगर सुर्खेत आएका उपसभापति खडकाले सो सहमति अनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खडकाले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाईरहेको बेला उपसभापति खडकाले उक्त कुरा बताएका हुन् । उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *