माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

डिसी नेपाल
१८ फागुन २०७९ ११:५०

काठमाडौँ। राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन्। एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन्।  नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन्।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ। राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *