ग्रास रुट अभियानमा सहभागी हुन जाँदै गर्दा एमाले नेताकाे दुर्घटनामा परी मृत्यु

डिसी नेपाल
२० फागुन २०७९ १३:५८

प्युठान । नेकपा एमालद्धारा सञ्चालिनत ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनाबाट मृत्यु भएको छ ।

माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाटोमा काम गरिरहेको जेसीबीमा मोटरसाइकल ठोक्किदा ऐरावती –२ टिकुरी बस्ने गोपाल भनिने रामबहादुर थापाको मृत्यु भएको हो भने सो मोटरसाइकलमा सबार कमला भुसाल भने घाइते भएकी छिन । घाइते भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल ‘मिसन ग्रास रुट’ कार्यक्रमका लागि  रानिबगरमा आयोजना भएको वडास्तरिय कार्यक्रममा सहभागी हुन जाँदै थिए । उक्त घटना पछि एमालेले कार्यक्रम स्थगित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *