सुदुरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तै सर्त

डिसी नेपाल
२० फागुन २०७९ १६:४१

धनगढी । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण भोली लिन खोजिएको विश्वासको मत अन्यौलमा परेको छ ।

माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतीको लिखित हस्ताक्षर बिना बिश्वासको मत दिन सकिदैन्’ भन्ने प्रस्ट पारेकी छिन । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बने पछि सुदुरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ तर शनिवार दुवै दलले सर्त राखे पछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । यद्धपी विश्वासको मत लिनु अघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । आज र भोली पनि शाहले दुवै दलसँग बार्ता र छलफल गर्ने कांग्रेस नेताहरुले जनाएका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *