सार्कको नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलम सरवार हुने भएका छन्।
श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन्। हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन्।
रोलक्रम अनुसार अफगानिस्तानवाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबानी सरकारलाई मान्यता नदिएपछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो।
सार्क राष्ट्रको हैसियतमा सबै बिदेश मन्त्रालयलाई कुटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कुटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो। सार्क बिदेश मन्त्रीहरुको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि बिदेशी मन्त्रीस्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बंगलादेशी कुटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment